१६ जेष्ठ २०८३, शनिबार 1780182952
Banner

घट्यो हवाई भाडादर, प्रतिटिकट कहाँ कति कम ?

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा घटेको छ ।

निगमले सोमबार आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य कटौती गरेको थियो । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएर १३६ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको छ ।

योसँगै आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको हो ।

हवाई इन्धनको मूल्य ९.३ प्रतिशतले घटेर यसअघि हवाई इन्धन प्रतिलिटर १५० रुपैयाँ थियो ।

कहाँ पुग्न कति भाडा कम ?

विराटनगर–नेपालगञ्ज ७५० रुपैयाँ

काठमाडौं–धनगढीकालागि ६१५ रुपैयाँ

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५ रुपैयाँ

काठमाडौं –पोखराको २२५ रुपैयाँ

काठमाडौं–भैरहवाको २८५ रुपैयाँ

काठमाडौं–विराटनगर ३३५ रुपैयाँ

काठमाडौं–जनकपुर १८० रुपैयाँ

काठमाडौं भरतपुर १५० रुपैयाँ

काठमडौं–नेपालगञ्जको ४५५ रुपैयाँ

Tags :