१० कार्तिक २०८१, शनिबार 1729995649
Banner

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

बुधबार संसदको बैठक सुरु भएलगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा माग गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिजनक भएको भन्दै राजीनामा मागेका हुन् ।

उनले भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए ।

Tags :