१० कार्तिक २०८१, शनिबार 1729987349
Banner

‘प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई उनकै निवासमा गएर भेटे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका ‘रअ’ प्रमुखलाई घरमै गएर भेटेको बताएका छन् ।

शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय ‘रअ’ प्रमुखला्ई भाारत भ्रमणका क्रममा उनकै घरमा गएर भेटेको बताएका हुन् ।

सोही क्रममा उनले आफूलाई नेपाल आएर भेट्छु भनेपछि देशको हितको पक्षमा कुरा गर्न भेटेको स्वीकारे ।

उनले भने, ‘भारतबाट रअका प्रमुख नेपाल आए मसँग भेट्छु भने नेपाल आएर भेट्छु भनेपछि मैले भेट दिए । कुनै गोप्य होइन सार्वजनिक ढंगले भेट गरें । कुरा गरे । यसपटक प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा गएर लुकेर भेट गरेर गोप्य मन्त्रणा गरेर आउनुभयो । मैले गोप्य भेट गरेको होइन उहाा गएर उनको निवासमा भेटेको होइन । मलाई भेट्न आएको ठाउँमा भेटेको हुँ । मैले देशको हितको पक्षमा कुरा गरें । उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो ।’

विगतमा ओलीले ‘रअ’ प्रमुखलाई भेटेको भन्दै व्यापक आलोचना भएको थियो ।

Tags :