१० कार्तिक २०८१, शनिबार 1729988126
Banner

सदन खुलाउन देउवा र ओलीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सदनको अवरोध खुलाउने पहल स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुन लागेको छलफलमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । स्रोतले भन्यो, ‘शीर्ष नेताबीचको छलफल सदनको अवरोध खुलाउने विषयमा केन्द्रित हुनेछ ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।

तर सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लाग्दै आएको बेला उनले छलफल गर्न लागेका हुन्।

एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा अहिलेसम्म कायम रहेकाले आजको छलफलबाट निकास निस्किने सम्भावना भने देखिएको छैन।