१० कार्तिक २०८१, शनिबार 1729988048
Banner

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ ।

अपराह्न चार बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

२३ असारमा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ ।

मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र नेकपाका खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।