१० कार्तिक २०८१, शनिबार 1729981030
Banner

मत विभानजबाट विधेयक पारित गर्न माग गरेपछि फेरियो कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि कार्यसूची हेरफेर गरिएको छ ।

शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय भए पनि नेकपा एमालेले मत विभाजनबाट विधेयक पारित गर्न माग गरेपछि कार्यसूची फेरिएको हो ।

प्रतिनिधसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा एमालेको अडानपछि सो विधेयकमाथिको कार्यबाही आजको कार्यसूचीबाट हटाइएको छ ।

त्यसलाई आइतबारको बैठकको कार्यसूचीमा राखिने भएको छ । विधेयक पारितका लागि एमालेले मतविभाजन माग्ने भएपछि सत्तापक्ष दलले आफ्ना सबै सांसदहरुलाई अनिवार्य रुपमा आइतबारको बैठकमा उपस्थित गराउने भएका छन् ।

आजको बैठकमा लागि विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई कार्यसूचीमा राखिएको जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

एमालेले मत विधेयक पारितका लागि मत विभाजन मागेपछि सत्तापक्षका सचेकतहरुले बजेट पारितका लागि मत विभाजन माग्नु ठीकै भएपनि प्रत्येक विधेयक पारितका लागि मत विभाजन नमाग्न आग्रह गरेका थिए ।

Tags :