१० कार्तिक २०८१, शनिबार 1729988052
Banner

मिटरव्याजीविरुद्ध ल्याइएको विधेयक संसदमा छलफलमा नल्याए संसद चल्न दिँदैनौँ : लामिछाने


काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले कसका कारण प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजीबिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कार्यसूचीबाट हटाइयो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथि छलफलको कार्यसूची थियो । तर, कारबाहीको सूचीबाट हटेपछि उनले यस्तो प्रश्न गरेका हुन् । सो क्रममा उनले बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए ।

‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन रु कसका कारणले रोकियो सभामुख महोदय रु राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ, र सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छ । हामी मिटरब्याज पीडितको पक्षमा छौँ । मिटरब्याज पीडितका कारण जसरी नागरिक जिवन मरणको अवस्थामा पुगेका छन्, उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ । फाष्ट ट्रयाकमा ल्याएर पारित गर्ने तयार गरिएकोमा कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन रु यो संसदलाई जानकारी हुनुपर्छ ।’