१० कार्तिक २०८१, शनिबार 1729995738
Banner

घट्यो, सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित मूल्य प्रणाली लागु भएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार त्यसैलाई आधार बनाएर यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो।

घटाएको भाडा दर आजदेखि नै लागु हुनेछ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको र पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा दर कायम सम्बन्धी कार्यविधिको व्यवस्था गरिएको छ ।

Tags :