११ कार्तिक २०८१, आइतबार 1730067248
राजनीति

शेरबहादुर देउवा प्रधानमन्त्री नबन्दा बलहादुर केसीलाई चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबनेकोमा चिन्ता व्यक्त गरेका छन् । जारी केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता केसीले राष्ट्रपति बन्ने, मुख्यमन्त्रीहरू बन्ने र सरकारमा समेत पार्टीको सहभागी हुने तर, सभापति प्राधानमन्त्री नुहने विषय गम्भीर भएको भन्दै प्रश्न गरे ।

सभापति देउवालाई प्रश्न गर्दै नेता केसीले भने, ‘चुनावपछि हाम्रो सभापति बाहिरिने तर कांग्रेस चाहिँ सरकारमा भित्रिने कसरी भयो ? कुन फ्याक्टरले कसले दिएन सभापतिलाई प्रधानमन्त्री बन्न ? राष्ट्रपति कांग्रेसबाटै भए, प्रदेशहरूमा मुख्यमन्त्री पनि भए । तर, सभापति बाहिरिनुपर्‍यो ।’

गठबन्धनबाट पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने परिस्थिति नआउने आशंका पनि उनले व्यक्त गरेका छन् । यस विषयमा सभापति देउवासहितका पदाधिकारीहरुलाई अहिलेदेखि नै गम्भीर भएर सोच्न आग्रहसमेत गरे।

‘के भोलि राष्ट्रपति र प्रधानमन्त्री यही पार्टीको बन्नेगरी राष्ट्रिय राजनीतिको सन्तुलन रहन्छ ? अहिलेदेखि नै सोच्ने कि नसोच्ने ? सभापति र पदाधिकारीले सिरियसली सोच्नुपर्‍यो यसबारे ।’ केसीले बैठकमा भने ।