११ कार्तिक २०८१, आइतबार 1730074127
Banner

पूर्व–पश्चिम राजमार्गमा दुर्घटना, तीनजनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे ठोक्किएका थिए ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।