१० कार्तिक २०८१, शनिबार 1729995379
Banner

चिनियाँ राष्ट्रपति सीका विश्वास पात्र युआन च्या च्युन काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौँ आएका छन् ।

कोलम्बोबाट आएको श्रीलंकन एयरको जहाजमा २६ सदस्यीय टोलीको नेतृत्व गर्दै युआन केही बेरअघि मात्र नेपाल आइपुगेका हुन् ।

पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उनीहरुलाई नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र यहाँस्थित चिनियाँ राजदूत छ्न सोङ्गलेले विमानस्थलको विशिष्टकक्षमा स्वागत गरेका छन् ।

तीन दिने राजनीतिक भ्रमणमा काठमाडौं आइपुगेको युआनसहितको भिआइपी टोली बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्नेछ ।

राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङका अति विश्वासपात्रमध्ये एक युआनले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । तर, यहीबेला प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु देश बाहिर छन् ।

Tags :