१० कार्तिक २०८१, शनिबार 1730002009
राजनीति

कांग्रेसमा पात्र भन्दा पनि प्रवृत्ति परिवर्तन आवश्यक : केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसमा पात्र भन्दा पनि प्रवृत्ति परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

पाँच दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।


‘कांग्रेसमा अहिले पात्र होईन प्रवृत्ति परिवर्तन गर्नु धेरै जरुरी छ । कांग्रेसमा धेरे बहस हुने गर्छ सभापति नै संस्था हो । तर म सभापति नै संस्था हो भन्ने कुरा मन्दिनँ । सभापति नै संस्था मान्ने संस्कारको विकास भयो भने फ्रान्सका लुई १४औं ले लागू गरेको म नै राज्य हुँ म नै शासक हुँ भनेजस्तो हुन्छ ’।

यस्तै,उनले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताए।

‘भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘नत्र हामी अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुन्छौं।’