११ कार्तिक २०८१, आइतबार 1730016946
Banner

इटली पुगे प्रधाप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली पुगेका छन्।

शनिबार अपरान्ह इटली प्रस्थान गरेका प्रधानमन्त्री साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनेछन् ।

प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र इटालीको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए। शिखर सम्मेलन संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको छ।

अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ।

Tags :