१० कार्तिक २०८१, शनिबार 1730002402
Banner

राष्ट्रिय परिचपयपत्र समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

काठमाडौं । राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ ।

नेपाल राष्ट्रबैंकले यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नेपाल जनाएको छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयनमा समन्वय गर्ने बताएको छ ।

बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाबीच ग्राहकको सूचना आदान प्रदान गर्ने कामलाई सहज बनाउन र राष्ट्रिय परिचय पत्रलाई समेत समेट्न केन्द्रीय ग्राहक पहिचान प्रणालीमा जान लागिएको राष्ट्र बैंकको भनाइ छ ।

Tags :