काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् ।
आइतबार उनीहरुलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो । विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली छन् ।