१० कार्तिक २०८१, शनिबार 1729988065
Banner

आइतबार मात्रै अर्थमन्त्रालय तानिएका पाण्डेलाई त्रिवि भन्सार कार्यालय प्रमुखको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार एक क्विन्टल सुन तस्करी प्रकरणपछि मन्त्रालयले भन्सार प्रमुख पदबाट अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

१० पुस, २०७९ मा विद्युतीय चुरोटमा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।

पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

Tags :