७ जेष्ठ २०८३, बिहिबार 1779393879
Banner

सामाखुसीमा नालामा खसेर वेपत्ता बालक ११ दिनपछि बागमतीमा मृत फेला

काठमाडौं । काठमाडौंको सामाखुसीस्थित नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले १३ वर्षीय साजन मगरलाई दक्षिणकाली नगरपालिका–७ स्थित बागमती किनारमा मृत फेला पारिएको जानकारी दिए ।

साउन ७ गते भारी वर्षा भइरहेका बेला सडकमा निस्किएका उनी नालीमा खसेर बेपत्ता थिए ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।