काठमाडौं – प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तिमिल्सिनाले भने, आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । र महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन् ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार श्रेष्ठको नाम सिफारिस भएको हो।