७ जेष्ठ २०८३, बिहिबार 1779370108
अर्थ

उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पूरा, यस्तो छ प्रगति विवरण (पूर्णपाठ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पूरा भएसँगै आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेको छ ।

समितिले सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो वर्षभरी नै ७ प्रतिशत हाराहारी मुल्यवृद्धि रहेको उल्लेख गर्दै देशको आर्थिक संकट समाधानका उपायहरुका निम्ति महासंघ लागिरहेको र लागिरहने उल्लेख गरेको छ ।

नयाँ कार्यसमिति र अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हाल्नेबित्तिकै राष्ट्रियसभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संशोधित विधेयक पारित गरेको जसमा निजी क्षेत्रलाई पनि समावेश गर्ने विषयको विरोध गरिएको विवरणमा उल्लेख छ । त्यस्तै, यस विषयमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेताहरुलाई महासंघले ध्यानाकर्षण गराएको पनि प्रगति विवरणमा जनाइएको छ ।

यस्तो छ पूर्णपाठ :