११ कार्तिक २०८१, आइतबार 1730031248
Banner

नेपालका प्रधानमन्त्रीले बाह्‍य देशसँग गरेका सम्झौताबारे कसैलाई थाहा दिइँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका प्रधानमन्त्रीहरूले बाह्‍य देशहरूसँग गरेका सम्झौताबारे कसैलाई थाहै नहुने गरेको बताएका छन् ।

शनिबार एमाले परराष्ट्र मामिला विभागले गरेको वर्तमन अन्तर्राष्टि परिस्थिति र नेपालको परराष्ट्र नीति विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हालै भएको भारत भ्रमणमा गरेका सम्झौताबारे थाहा नदिएको बताउँदै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘हामी परराष्ट्र मामिलाको विषय आउने बित्तिकै एकजुट हुने कुरा गरिरहेका हुन्छौं । तर प्रधानमन्त्रीहरूले वा सरकारले बाहृय देशहरूसँग के–के सम्झौता गर्छ, थाहै पाइँदैन । कि त भइसकेपछि थाहा हुन्छ, केही त कहिल्यै थाहा पाइँदैन ।’

उनले प्रधानमन्त्रीहरू संविधान र कानुनले असहज हुने अवस्थामा राष्ट्रिय हित छोडेर सत्ता स्वार्थमा केन्द्रित सम्झौता र समझदारी गर्न समेत पछि नपर्ने गरेको दाबी गरे ।

‘अहिलेका प्रधानमन्त्री भर्खर भारत गएर आउनुभयो, कुन–कुन सम्झौता गर्नुहुन्छ, यहाँ केही पनि भन्नुभएन । जे–जे गर्नुपर्ने हो, त्यो केही पनि गर्नुभएन,’ ओलीले अघि भने, ‘प्रधानमन्त्रीले ईपीजी प्रतिवेदनका विषयमा कुरा उठाउनु नै भएन । हाम्रो भूगोलको बारेमा, सीमाका विषयमा टुंगो लगाउनुपर्ने थियो, त्यो लागेन । यस्ता थुप्रै विषयहरु छन्, नेपाली आवश्यकता र नेपालको हितको कुराहरु छन्, त्यसमा कुनै पनि पहल भएन, यति कमजोरी देखाइयो, कि उहाँको भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन ।’

राष्ट्रिय हित छोडेर परराष्ट्र मामिलामा सहमति जनाउन एमाले कहिल्यै पनि तयार नहुने उनको दाबी छ ।

Tags :