९ मंसिर २०८१, आइतबार 1732478126
Banner

सभामुखसहित शीर्ष नेतृत्वको बैठक विना निष्कर्ष सकियो, फेरि ३ :३० बजे बस्ने


काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठक अपरान्ह साढे तीन बजे पुन बस्ने गरि सकिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए ।

उनले भने, शीर्ष बैठक नेताहरुको बैठक सकिएको छ, फेरि ३ बजेर ३० मा बस्ने छ।
आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको पनि अधिकारीले बताए ।