११ कार्तिक २०८१, आइतबार 1730024718
समाचार

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं । कैलाली र बर्दियाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका(२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका(८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका(२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुलरिया नगरपालिका(७ बस्ने ४३ वर्षीय बच्छिराज खटिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।