८ मंसिर २०८१, शनिबार 1732346912
Banner

सुन प्रकरणमा संलग्नता नभए सरकार किन तर्सियो : अध्यक्ष ओली

काठमाडौं । सुन प्रकरणमा सरकारको संलग्नता नभए सरकार किन तर्सियो भनी प्रश्न गरेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् ।

‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो रु सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ रु हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ ।

उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए । ‘संसद अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । गर्ने परिस्थित ल्याउनै हुँदैन’, ओलीले भने, ‘संसद देश र जनताका काम गर्ने थलो हो निर्वाध गर्नुपर्छ । संसद निदाएर र सुतेर बस्ने ठाउँ होइन । देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ लिनुपर्छ र स्वस्थ बहसमा आउनुपर्छ ।’

उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए । ‘देशको शासकीय प्रशासकीय संरचनामा प्रहार भइरहेको छ । एक दिनमा एउटा नाकाबाट सय किलो सुन पास भइरहेको छ । अनि यो कुराको चुस्की लिने विषय र पार्टीगत पक्षधरताको कुरा हो रु तसर्थ संसद अवरोध हामीले गरेको होइन । राजश्व किन उठ्दैन रु भन्सारबाट कारोबार नै हुँदैन अन्तैबाट कारोबार भइरहेको छ’, ओलीको भनाइ छ ।

उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनील शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए ।

Tags :