काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् ।
एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताउँदै उनले यस्तो बताएका हुन् ।
‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नुपर्ने हो,’ उनले भने ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले बताए । ‘राजीनामा नगरेर कसरी बस्न सकेको रु आठौं कि नवौं आश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हल्लाएर हिंड्नअप्ठ्यारो लाग्नुपर्ने होइन ?’