११ कार्तिक २०८१, आइतबार 1730060034
समाचार

पहिरो खसेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

काठमाडौं । बुटवल-पाल्पा सडकखण्ड पहिरो झरेपछि अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस माइलमा सडक माथिबाट पहिरो झरेको हो।

पहिरोका कारण गएराती १२ बजे देखि सडक अवरूद्ध भएको प्रहरीले बताएको छ । पहिरो पन्छाएर अवरूद्ध सडक खुलाउने प्रयास भए पनि सडक खुलिनसकेको प्रहरीले बताएको छ ।

पहिरोसँगै सडकमा रूख ढलेर अवरूद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधनहरू बीच बाटामा रोकिएका छन्।