१० कार्तिक २०८१, शनिबार 1729987476
Banner

पटक–पटक अवरुद्ध भई आज सुरु भएको प्रतिनिधिसभामा के भइरहेको छ ?

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । यसअघि पटक–पटक भएको संसद अवरुद्ध भएको संसद आज सुरु भएको हो ।

यसअघि नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै आएको थियो ।

संसद सुरु भएसँगै यसअघि नक्कली सर्टिपिकेटको आरोपमा पक्राउ परेका सुनील शर्माले आफ्नो धारणा राखे । नेपाली कांग्रेस शर्माले आफूलाई पक्राउ परेकोबारे संसदलाई ब्रिफिङ गरिरहेका बेला नेकाप एमालेका सांसद उठेका थिए ।

नेकपा एमालेका सांसद मानवीरले सुन प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न नसकेको भनी आपत्ति जनाएका थिए । सामान्य मानिसले आफ्ना दिदी बिहीनी तथा आमालाई भनेर ल्याएको सुन एयरपोर्टले जफत गर्ने, तर क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिँदा सरकारले किन नदेखेको भन्दै आपत्ति जनाए ।

उनले सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुखका बाबुछोराको सुन तस्करीसँग संलग्न भएको देखिँदा पनि सरकारले किन कारबाही नगरेको भनी प्रश्न गरे । यतिखेर नेकाप एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।

Tags :