११ कार्तिक २०८१, आइतबार 1730060281
Banner

एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राममात्रै

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको बताएका छन् ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो ।

गालेर जोख्दा तौल थप घट्ने बताइएको छ। सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो ।