७ मंसिर २०८१, शुक्रबार 1732293186
Banner

विप्रेषण आप्रवाहमा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा वृद्धि भएको जनाएको छ ।

राष्ट्रबैंकले शुक्रबार एक एक प्रतिवेदन सार्वजनिक गरी सो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स आयात भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ ।

देशमा कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएर १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार जारी गरेको विवरणअनुसार २०७९ असार मसान्तमा कुल विदेशी विनियम सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । राष्ट्रबैंकका अनुसार २०८० असार मसान्तसम्म सञ्चिति रकम बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

Tags :