८ मंसिर २०८१, शनिबार 1732366052
Banner

ललिता निवास प्रकरणमा नेतृत्वलाई उन्मुक्ति दिन लागेको भन्दै रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा तानिएका माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरुको बयानबिना फायल बुझाउने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीद्वयको बयानविनै सो फायल बुझाउन तयारी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सामाजिक सञ्जालमाफ्त् यस्तो बताएका हुन् ।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’

उनले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गरेका छन् । त्यसो त सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेको सोही अनुसार सीआईबीलाई सरकारले दबाब दिएको आरोप छ ।

Tags :