११ कार्तिक २०८१, आइतबार 1730016347
Banner

राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक निष्कर्षविहीन, फेरि बस्ने सहमति

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको हो । बैठक भोलि फेरि बस्ने बताइएको छ । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको बताए ।

‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ’, उनले भने ।

एमालेले समितिको अडान राखिरहेको पनि गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले सुनाए । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल गरेका थिए ।

Tags :