१० कार्तिक २०८१, शनिबार 1730002545
Banner

संसद बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री र सभामुखले बोलाएका बैठक निष्कर्षविहीन बनेपछि भदौ ५ गतेसम्मका लागि स्थगित भएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

दुबै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

Tags :