२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:21 pm
Banner

सीआइबीले बुझायो ललिता निवास जग्गा प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन

सूचना प्रेस २०८० भदौ ५ मंगलबार ००:००, १२:२७ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआइबीले मंगलबार उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ ।

ललिता निवासका तत्कालीन भोगाधिकारी हाटकशमशेर राणा पनि प्रतिवादीको सूचीमा छन् । यसमध्ये २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’का नाममा २५ रोपनीभन्दा बढी जग्गा प्लटिङको बाटो बनाउन र मोहीका नाममा दर्ता हुन पुगेको छ ।

Tags :