२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:11 pm
Banner

कोशी मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइँ हुँदै

सूचना प्रेस २०८० भदौ ७ बिहिबार ००:००, ११:२९ बजे १ मिनेट पढाइ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको सन्दर्भमा एमालेका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री थापाद्वारा लिइएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता फेरबदल गरी क्रमैसँग अध्यक्षता ग्रहण गरेका दुवै जनाले पालैपालो मतदान गरेका थिए ।

रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गरेका छन् ।

Tags :