१० कार्तिक २०८१, शनिबार 1729995072
राजनीति

गौहत्याप्रति कमल थापाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटनाप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत् थापाले धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएकोप्रति आपत्ति जनाउँदै सो घटना लज्जाजनक भएको उल्लेख गरेका हुन्।

‘केही दिनअघि धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामूहिक भोज गरिएको घटनाका सम्बन्धमा सरकारको मौनता लज्जा जनक छ। यो घटनाले सनातन धर्मावलम्बीहरुलाई मर्माहत बनाएको छ।

कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारवाही गर्न सरकारसँग माग गर्दछु तथा सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले कानुनद्वारा निषेधित यस्तो कार्यमा संलग्नहरु कारबाही गर्न सरकारसँग माग गरेका छन्।

Tags :