११ कार्तिक २०८१, आइतबार 1730038348
Banner

मेलम्चीमा आएको बाढीले सरस्वती माध्यमिक विद्यालयको भवन बगायो

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा एक विद्यालय बगाएको छ। हेलम्बु गाउँपालिका ४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन गएराति बाढीले बगाएको हो।

बाढीको जोखिम बढ्दै गएपछि विद्यालय बन्द गरी डेस्क बेञ्चलगायतका सामान हिजै विहान प्रहरी र जनप्रतिनिधि मिलेर हटाएका थिए । नदीमा पानीको बहाब थप बढेसँगै रहेको अर्को चार कोठे भवन पनि उच्च जोखिममा छ । अहिले पनि पानी पर्न नरोकिएकाले थप क्षति हुनसक्ने खतरा देखिएको छ । विद्यालयसँगै रहेका अरु चार घर पनि जोखिममा छन् ।