११ कार्तिक २०८१, आइतबार 1730024189
Banner

बागमतीमा र्याफ्टिङ महोत्सव (तस्विरहरु)

काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् ्नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ महोत्सव गरिएको हो ।

महोत्सव बाजागाजासहित सुरु गरिएको थियो । उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको जानकारी दिए । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजे १५ वटा डुङ्गामार्फत जलयात्रा गरिएको थियो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।