८ मंसिर २०८१, शनिबार 1732348157
Banner

गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द, डाक्टरमाथि हातपात

काठमाडौं । गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि अत्यावश्यकबाहेका सेवा बन्द भएका हुन् ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए । सो क्रममा एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट भएको छ ।

बिरामीको जीवनरक्षाका लागि २४ सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीहरुले उल्लेख गरेका छ्न् ।

अस्पतालका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं ।’

Tags :