११ कार्तिक २०८१, आइतबार 1730045038
Banner

एमसीसीका उपाध्यक्ष काठमाडौंमा शीर्ष नेताहरुसँग भेट गर्ने

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल आइपुगेका छन् । उनी आज तीनदिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।

एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन अलफोर्ड काठमाडौं आएको बताइएको छ ।
नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ ।

उनी भदौ १५ गते स्वदेश फर्किने बताइएको छ । एमसीसी दुईदेशबीचको सामान्य सम्झौता भनिए पनि यसलाई अमेरिकाले अन्य सम्झौता भन्दा विशेष महत्वका साथ लिएको छ ।

एमसीसीकै लागि पटक–पटक अमेरिकी उच्च अधिकारीले नेपालको भ्रमण गर्दै आएका छन् । २०७८ साल फागुन १५ गते नेपालको संसदबाट एमसीसी पारित भएको थियो । संसदबाट पारितका क्रममा विभिन्न राजनीतिक दलले व्यापक विरोध गरेका थिए । नेपालमा एमसीसी कार्यान्वयन हुन दिनुहुँदैन भन्दै नेपालका मुख्यतयाः बामपन्थी राजनीतिक दलहरु एकजुट भएर कसिएको देखिन्छ ।

Tags :