११ कार्तिक २०८१, आइतबार 1730045557
Banner

एसिया कप-२०२३ मा नेपालको सुखद सुरुवात

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको छ ।

टस हारेर फिल्डिङमा आएको नेपालले ब्याटिङमा रहेको घरेलु टिम पाकिस्तानविरुद्ध सुरुआती १० ओभरमा ४४ रन दिएर दुई विकेट लिएर सुखद सुरुवाती गरेको हो ।

नेपालले छैटौँ ओभरमा करण केसीबाट पहिलो सफलता पाएको थियो । करणले ५.३ ओभरमा फखर जमानलाई आउट गरेका थिए ।

यस्तै, नेपालले सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको थियो ।
सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए ।

Tags :