७ मंसिर २०८१, शुक्रबार 1732314161
Banner

प्रधानमन्त्री भदौ ३० गते राष्ट्रसंघको सभामा भाग लिन अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज ४ गते राष्ट्रसंघलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्नेछन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज ६ गतेबाट सुरु हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Tags :