११ कार्तिक २०८१, आइतबार 1730038956
Banner

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ उद्घाटन भोलि हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
अभियानको उद्घाटन भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट हुने उनले बताए । भर्चुअल माध्यमबाट अभियानको उद्घाटन हुनेछ,’ उनले भने ।

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया, तेस्रोमा खुल्ला सभा र जनसभा हुने जानकारी दिँदै उनले अभियानका क्रममा सबै जनतासँग भेट गर्ने बताए ।

“अन्तर हृदयदेखि नै जनतालाई सम्मान गर्नेछौँ,” उनले भने , “हाम्रो तागत भनेको जनता हो । जनतामा जानुपर्छ भनेर निर्णय गरेको हो ।”

Tags :