११ कार्तिक २०८१, आइतबार 1730038726
Banner

सत्ता साझेदार दलबीच खटपट छैन : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएका छन् ।

शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले उठाएको विषयबारे सञ्चारकर्मीको जवाफमा सापकोटा भन्छन्, ‘ एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो । राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन ।”

उनले गएको कांग्रेस केन्द्रीय समिति बैठकले दृढ रहने निर्णय गरेकोले पनि त्यस्तो नहुने सुनाए ।

त्यस्तै, उनले एमसीसीबारे पार्टी १२ बुँदे व्याख्यात्क घोषणाा सम्झौताको अंग बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए । “व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । सार्वभौम संसद्ले पास गरेको कुरा हो,” उनले भने ।

Tags :