११ कार्तिक २०८१, आइतबार 1730016268
Banner

एमाले महासचिवको नेतृत्वको टोलीले चीनको सद्भावना भ्रमण गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावना भ्रमण गर्ने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको महासचिवको नेतृत्वमा सो टोलीले चीनको भ्रमण गर्न लागेको हो । महासचवि १२ दिन रहनेछन् ।

एमाले केन्द्रीय प्रसारण तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछन् ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय नेता छन् ।

गौतमका अनुसार भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनुका साथै द्धिपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल हुने बताइएको छ ।

Tags :