११ कार्तिक २०८१, आइतबार 1730024358
समाचार

अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रीको कार्यकक्षमा शुक्रबार दुईजनाबीच भेटवार्ता भएको थियो ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नै काठमाडौं आइपुगेका हुन् ।

“नेपाल र अमेरिकाबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा भेटमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास काठमाडौंस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ । उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको समयमा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले जनाएको छ ।

Tags :