११ कार्तिक २०८१, आइतबार 1730030932
Banner

माधव नेपाल निर्दोष सावित हुनुभयो : प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् ।

समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा बोल्दै प्रचण्डले माधव कुमार नेपाल ललिता निवास जग्गा प्रकरणमा मुछिने डर आफूलाई पनि भएको बताए ।

‘सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो,बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो,’ उनले भने, ‘त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ थियो ।

सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको अभियान सुरुमा आफूलाई छिटै सकिन्छ भन्ने लागेको पनि उनले सुनाए । तर, यो गर्दै जाँदा महाभियान बन्ने देखिएको उनको भनाइ छ ।

यस्तो छ उहाको भनाई
माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपमा रुपले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साब्ति गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।