१० कार्तिक २०८१, शनिबार 1729995447
पालिका

बूनपा–९ मा हरेक हप्ता ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन

काठमाडौं । बूढानीलकण्ठ नगरपपालिका–९ ले ज्येष्ठ नागरिकको रिफ्रेसका लागि हरेक शुक्रबार ज्येष्ठ नागरिकसँग कार्यक्रमको सुरुवात गरेको छ ।

यही भदौ ८ गते शुक्रबारबाट शुभारम्भ भएको सो कार्यक्रम आज पनि भजन कीर्तन गरी समापन भएको छ ।

जीवनको उत्तरार्थ चरणमा सबै कामकाजबाट रिटायर्ड भएर बसेका वृद्धवृद्धाहरुको रिफ्रेसका लागि हरेक शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेको वडाध्यक्ष सुमित्रा त्रिपाठीले जानकारी दिइन् ।

सो कार्यक्रममा भजन गाउने, तबेलालगायत सांगितिक बाद्यबादन बजाइ नागरिकलाई रिफ्रेस गराइन्छ ।

साथै, घरमा एक्लै बसेका आमा बुबाहरु जम्मा भएर एक अर्कामा कुराकानी गर्दा पनि उनीहरुमा रिफ्रेस भएको आफूले पाएको वडाध्यक्ष त्रिपाठीले जानकारी दिइन् । कार्यक्रमका कारण आफूहरुलाई केही रिफ्रेसमेन्ट भएको सहभागी ज्येष्ठ नागरिकको भनाइ छ ।

आगामी दिनमा कार्यक्रमलाई थप व्यवस्थित गर्दै लगिने वडासदस्य रमेश गौतमले जानकारी दिए ।

Tags :