११ कार्तिक २०८१, आइतबार 1730045887
Banner

बाँके दुर्घटना अपडेट : ७ जनाको मृत्यु, २५ जना घाइते

नेपालगन्ज — बाँकेमा गएराति बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना भन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ।

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ७ जनाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका ८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने सबै एकै गाउँका भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

घटनाको थप विवरण आउँन बाँकी छ ।