११ कार्तिक २०८१, आइतबार 1730030706
Banner

बाँकेमा बस दुर्घटना ५ जनाको मृत्यु

नेपालगन्ज — बाँकेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा १५ जना सख्त घाइते भएका छन् ।

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ५ जनाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो ।

ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका ८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।