काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुराकानी गरेको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।
भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।