८ मंसिर २०८१, शनिबार 1732349986
Banner

गंगामा बुबालाई सम्झिँदै, हेर्नुहोस् तस्वीरमा

आज कुशे औशी अर्थात् बुबाको मुख हेर्ने दिन । देशका विभिन्न धार्मिक पीठमा भक्तजनको घुइँचो लागेको छ ।

आज बुबालाई मिष्ठान्न भोजन गराउने गर्छन् । त्यसैगरी, बुबा नहुनेहरुले धार्मिकस्थल गई बुबाका नाममा तर्पण तथा श्राद्ध गरी ब्राहम्ण भोजन गराउँछन् ।

यसै क्रममा आज नेपालका गोकर्णेश्वर, देवघाटलगायत विभिन्न धार्मिकस्थलमा भीड लाग्ने गर्छ ।

तस्वीरमा हेर्नूस् धार्मिक पीठमा देखिएको भीड

देवघाटमा भक्तजन नारायणगढ, २८ भदौः चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशुली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट बेणीमा पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजन । कुशे औँशीका दिन बुबा नहुनेहरुले यहाँ आएर स्नान गरी श्राद्ध, पिण्डदान तथा तर्पण दिने गर्छन ।
गोकर्णेश्वरमा श्राद्ध गरिँदै भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गर्दै ।

भाद्रकृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न सहभागी भक्तजन । बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ ।

Tags :